Hamro Sanchar

आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २८ गते


काठमाडौं, वैशाख २८- नेपाली कांग्रेसकी सांसद आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो १ बजेतिर हेटौंडाका कृष्णराज कोइराला नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

हेटौंडामा आयोजित कार्यक्रममा सहभागी हुन राणा पुगेकी थिइन् । उनी हेटौंडा आउने जानकारी पाएपछि ती पुरूषले सामाजिक सञ्जालमा राणालाई बहिष्कार गर्नुपर्ने लेखेका थिए ।

उक्त अभिव्यक्तिपछि प्रहरीले उनलाई कार्यक्रमस्थल बाहिरबाट नियन्त्रणमा लिएको हो । उनले कालो झन्डा देखाउनसमेत खोजेका थिए ।


प्रतिकृया दिनुहोस्