Hamro Sanchar

सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न भए, सभामुखले दिए चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २५ गते


काठमाडौं, बैशाख २५- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन् । बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन् ।

सिंहले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।

सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।

सांसद सिंह अहिले संसद् बैठकबाट बाहिरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्