दोलखा, बैशाख २३- दोलखामा आफ्नै भाइले दाउराले हानेर दिदिको हत्या गरेका छन् ।
जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित पिपलबोटकी ३२ वर्षिया कल्पना भुजेलको उनकै भाई रामभरत भुजेलले दाउराले हानेर हत्या गरेका हुन् ।
घटना हिजो साँझ नै भएपनि आज मात्रै सार्वजनिक भएको हो ।
बोली नआउने र कान पनि नसुन्ने रामभरतले उत्तिसको दाउराले हानेर आफ्नै दिदिको हत्या गरेको वडा अध्यक्ष इश्वर कोइरालाले जानकारी दिए ।
घटना लगत्तै रामभरतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
मृतक भुजेलको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।