Hamro Sanchar

रवि लामिछाने भन्छन् : सरकारमा जाँदैनौं, समर्थन फिर्ता हुन सक्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १२ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन(२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।

‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।

तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।


प्रतिकृया दिनुहोस्