Skip

Hamro Sanchar

बारा २ मा फेरि उपेन्द्र यादवको अग्रता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ११ गते


बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा पुनस् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् । मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए ।

 


प्रतिकृया दिनुहोस्