Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एसीसी प्रिमियर कप : आज मुलपानी मैदानमा नेपाल र साउदी अरब भिड्दै, मैदानमा निशुल्क प्रवेश गर्न पाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ११ गते


काठमाडौं, बैशाख ११- एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो । यसअघिको खेलमा विजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन्।

उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिड्न लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हो ।

मैदानमा निशुल्क प्रवेश गर्न पाइने

मुलपानी क्रिकेट मैदानमा हुने एसिसी प्रिमियर कप निशुल्क हेर्न पाइने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको पहलमा मैदानमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको हो ।

नेपाल क्रिकेट संघसँगको छलफल पश्चात् दर्शक तथा खेल प्रेमीहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरप्रमुख कार्कीले हाम्रोसंचारलाई जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर-६ स्थित मुलपानीमा रहेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हेर्ने सपना लामो समयपछि पुरा भएकोले नगरबासीहरुको उल्लेख्य सहभागिता रहने उनको विश्वास रहेको छ ।


प्रतिकृया दिनुहोस्