Hamro Sanchar

सभामुख र ३ दलका नेताबीचको बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १ गते


काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ३ दलका शीर्ष नेताहरु सहितको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन छलफल गर्दै आएका छन् । यसअघि सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए ।


प्रतिकृया दिनुहोस्