Skip

Hamro Sanchar

मुस्ताङ जाँदै गरेको बस म्याग्दीमा दुर्घटना हुँदा ५ यात्रु घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १ गते


म्याग्दी, बैशाख १- म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ स्थित महाभिरमा बस दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट मुस्ताङ जाँदै गरेको बा ३ ख ९६४७ नम्बरको बस अन्नपूर्ण गाउँपालिकाको महाभिरमा दुर्घटना हुँदा दुई विदेशीसहित ५ यात्रु घाइते भएका हुन्। अन्य यात्रुहरू सकुशल रहेका छन्।

घाइतेको अवस्था खतरामुक्त रहेको अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्सले घाइतेलाई बेनी अस्पताल पुर्‍याएको हो।

बसमा २३ जना यात्रु सवार थिए। बस सडकबाट ५ मिटर तल खसेको थियो।


प्रतिकृया दिनुहोस्