Skip

Hamro Sanchar

माओवादी केन्द्रको सचेतकमा रुपा चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २९ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् । संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक मनोनित गरेका हुन् । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन् ।

२०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी चौधरी जनमुक्ति सेनामा थिइन् । सामान्य पारिवारिक पृष्ठभूमिकी चौधरी सहिद परिवारकी सदस्य समेत हुन् । उनी यसअघि २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् । यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।


प्रतिकृया दिनुहोस्