Skip

Hamro Sanchar

सभामुख, प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २५ गते


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार छलफल गरेका हुन्।

सभामुखको कार्यालय सिंहदरबारमा उनीहरूबीचमा शनिबार दिउँसो भेटवार्ता भएको हो। प्रतिनिधिसभाको कामकारबाही लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।


प्रतिकृया दिनुहोस्