Skip

Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डको दाबी : यो राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २३ गते


काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सार्वजनिक सरकारको न्यूनमत साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् ।

सत्तारढ गठबन्धनमा आवद्ध १० दलले १३ पृष्ठ लामो न्यूनमत साझा कार्यक्रम सार्वजनिक गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको न्यूनमत साझा कार्यक्रमका राम्रा विषयलाई विकसित र परिर्माजित गरेर यो पटक ल्याएको बताए । उनले अघि भने, ‘यो राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम हो ।’

यसबारे अध्ययन गरेका धेरैले अघिल्लाहरु भन्दा राम्रो आएको र इमान्दार कार्यान्वयन गर्ने हो भने अहिले देखिएका समस्या र असन्तुष्टिहरु सम्बोधन हुने बताएको उनले सुनाए ।


प्रतिकृया दिनुहोस्