Skip

Hamro Sanchar

रुकुम पूर्वमा सिस्नो टिप्न गएका २ बालिका मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २३ गते


रुकुम पूर्व । रुकुम पूर्वमा सिस्नो टिप्न गएका २ बालिका मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नौ वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

तारामान बुढाका दुई छोरी बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

सिस्नो टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् । सूचनापछि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।


प्रतिकृया दिनुहोस्