Hamro Sanchar

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डाकेन्द्रित बहस गरौं : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २३ गते


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै स्वस्थ बहसमा उत्रिन भनेका हुन् । युवामय उपचुनाव १ भन्दै ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे ।

वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु, ओलीले भनेका छन्,मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डाकेन्द्रित बनाउनै पर्छ ।


प्रतिकृया दिनुहोस्