Skip

Hamro Sanchar

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २३ गते


काठमाडौं । २ वटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए । नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुँदैछ ।


प्रतिकृया दिनुहोस्