Skip

Hamro Sanchar

सीके राउतले भने : चौतर्फी घेराबन्दीमा परेको छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २२ गते


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘मलाई अलिकति समय दिनोस्–अलिकति धैर्य राख्नुहोस्, घेरामा छु, घाइते छु तर मरिसकेको छैन-हामी विजयी हुनेछौ ।

युद्ध नटुंगिएको भन्दै उनले आफू अझै जीवनको कुरुक्षेत्रमा रक्ताम्मे भएर संघर्ष गरिरहेको उल्लेख गरेका छन् । उनले आफू विभिन्न पार्टी, नेता, सामाजिक संरचना, यथास्थितिवादी, मिडिया, शक्ति केन्द्र, साइबर सेलको निरन्तर आक्रमणमा रहेको समेत बताएका छन् । आर्थिक, सामाजिक तथा अन्य विभिन्न समस्याले पनि पिरोलिएको उनले बताए ।

उनले भने, ‘केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु ।’ जनताको अपेक्षा ठूलो रहेको उल्लेख गर्दै उनले परिवर्तनका आकांक्षीले आँखा टोलाएर बसेको बताए । विगत १० वर्षदेखि पार्टीमा लागेका कार्यकर्ताको भविष्य सुरक्षित गर्ने जिम्मेबारी आफ्नो काँधमा रहेको उनले बताए ।

उनले भनेका छन्, ‘घरमा बुवा ‘डेन्टिस्ट’ कहाँ लगि दिन र वृद्ध आमा अपरेशनको प्रतीक्षामा छिन्, बिरामी छोरी छटपटाई रहँदा अस्पताल लैजाने कोही छैनन्, छोराको पढाई कहाँ पुग्यो थाहा छैन । म चाँहि निरन्तर बटुवा झैँ संगठनको काममा कहिले यता त कहिले उता भौतारिँदैछु ।’ उनले सबै संघर्षलाई पार गर्ने विश्वास व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्