Hamro Sanchar

संसद भवन भित्र एमाले-कांग्रेस कित्ता छुट्टीदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ५ गते


काठमाडौं, चैत ५- आजबाट संसद भवन भित्र एमाले-कांग्रेसको कित्ता छुट्टीदै छ । सरकार निर्माणमा महत्वोपुर्ण भूमिका खेलेको नेकपा एमाले सत्तामा केहीमहिना बसेर बाहिरिसकेको  छ ।

कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ । नेकपा एमाले भने बिपक्षको बन्चमा बस्ने छ । आज नै प्रतिनिधिसभाको बैठक बस्नेछ र संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुने भएको छ ।

माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर सरकार छाडेको थियो । तर कांग्रेस औपचारिक रुपमा सरकारमा नगएकाले संसदको प्रतिपक्षी बेञ्च छाडेन । सरकार छाडेको एमालेले पनि प्रतिपक्षमा बस्ने भएपछि सिट व्यवस्थापनमा समस्या भएकै कारण संसद बैठक बस्न सकेको थिएन ।

सूचना टाँसेर स्थगित संसद बैठक आज १ बजेका लागि बोलाइएको छ । तर कांग्रेसले प्रतिपक्षी बेञ्च नछाडेको र एमालेले प्रतिपक्षी बेञ्चमा बस्ने बताएका कारण के गर्ने भनेर छलफल गर्न सभामुख देवराज घिमिरेले शनिबार प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाएका थिए ।

सिंहदरबारमा भएको छलफलमा एमाले प्रमुख सचेतक पदम गिरीले आफूहरु प्रमुख प्रतिपक्षी भएको र त्यसअनुसार नै संसदमा सिट व्यवस्थापन हुनुपर्ने बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्नो दलको बैठक बसेर एउटा धारणा बनाउने भन्दै सिटको विषय समस्या नहुने बताए । कांग्रेसका एक पदाधिकारीका अनुसार आज १० बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । यो बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने तयारी छ । ती पदाधिकारी भन्छन्, यो निर्णय भएपछि हामी प्रतिपक्षबाट सत्ता पक्षको बेञ्चमा सर्छौं ।’

त्यसो भएमा एमाले प्रमुख प्रतिपक्षी बेञ्चमा बस्नेछ र, सिट व्यवस्थापनको सकस टर्नेछ ।


प्रतिकृया दिनुहोस्