Skip

Hamro Sanchar

माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ३० गते


काठमाडौं । माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

२६ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० गते अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्