Skip

Hamro Sanchar

एमालेले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयत्न गरेको हो, हामीले नन्दकिशोर पुनलाई नै राष्ट्रपति बनाऊँ भन्दा पनि प्रचण्डले मानेनन् : प्रदीप ज्ञवाली

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ३० गते


काठमाडौं, फागुन ३०- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले ‘एमालेले’ नेकपा माओवादी केन्द्रका नेतालाई नै राष्ट्रपति बनाउन तयार हुदा पनि प्रचण्डले नमानेको खुलासा गरेका छन् । एउटा अनलाईनलाई अन्तर्वार्ता दिदै उनले यस्तो आरोप लगाएका हुन ।

उनले भनेका छन्  ” हामीले नन्दकिशोर पुनलाई नै राष्ट्रपति बनाऊँ भन्दा पनि प्रचण्डले मानेनन् । अन्तिम समयमा यो गठबन्धन जोगाउनका लागि नन्दकिशोर पुनलाई नै राष्ट्रपति बनाऊँ न त त्यसो भए वा अमिक शेरचनलाई बनाऊँ भन्ने तहसम्म पनि हामीले छलफल गर्‍यौँ ।

तर, एउटा संकल्प नै गरेर कहीँ कतै गरेको वाचाप्रति वचनबद्ध भएर, चुकेर आएको थियो– माओवादी नेतृत्व ।

त्यसले गर्दा आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति बनाएर पनि गठबन्धनलाई जोगाउन चाहेन । विदेशी शक्तिहरूले जे भन्छन्, त्यो नमानी नहुने स्थितिमा थिए प्रचण्ड ।”

अन्तर्वार्ता बाह्रखरी अनलाईनमा छ ।


प्रतिकृया दिनुहोस्