Skip

Hamro Sanchar

सरकारद्वारा रासायनिक मलमा दिंदै आएको अनुदान कटौती, बढ्ने भयो मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २९ गते


काठमाडौं । रासायनिक मलको अनुदान कटौती, युरिया मल प्रतिकिलो १४ बाट बढेर २५ रुपैयाँ पुग्योसरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ ।

रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको हो ।

मन्त्रालयका अनुसार यस अघि ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब ५९.०४ प्रतिशत मात्र अनुदान पाउने छन् । यसलाई क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ । यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइन्थ्यो ।


प्रतिकृया दिनुहोस्