Hamro Sanchar

रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने, उमेर बन्यो तगारो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २६ गते


काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् । शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टीले पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न उनको उमेर बाधक बनेको छ । राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ । आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न नसक्ने भएकी हुन् ।


प्रतिकृया दिनुहोस्