Skip

Hamro Sanchar

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २५ गते


काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ ।


प्रतिकृया दिनुहोस्