Hamro Sanchar

अब हरेक दिन पशुपति मन्दिरको सरसफाइ हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २४ गते


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित मातहतका निकायमा कार्यरत कर्मचारीले हरेक शनिवार दुई घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ गर्ने भएका छन् ।

पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीलाई पनि सरसफाइमा जुट्न आग्रह गरेको हो ।

मन्त्रालयसहित मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट अब हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्