Skip

Hamro Sanchar

शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रचण्डविरुद्ध मुद्दा चलाउने कुरा गम्भीर : बाबुराम

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २३ गते


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले पछिल्लो समय बृहत् शान्ति सम्झौताको मर्मविपरीतका कार्य भएको जिकिर गरे ।

उनले शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा चलाउने कुरा गम्भीर विषय भएको उल्लेख गरे ।

आफूहरूले अदालतको सम्मान गर्ने भन्दै उनले शान्ति सम्झौता संविधानकै एउटा अंग भएको बताए । द्वन्द्वकालीन मुद्दाहरूलाई आयोगमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिए ।


प्रतिकृया दिनुहोस्