Hamro Sanchar

प्रचण्ड, बाबुराम, विप्लव र धर्मेन्द्र बास्तोलासहितका नेतहरु एउटै मञ्चमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २१ गते


काठमाडौं । माओवादीले चलाएको जनयुद्धको सन्दर्भमा आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा त्यस पार्टीका शीर्ष नेताहरु एकसाथ देखिएका छन्। पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, नेत्रविक्रमस चन्द विप्लव र धर्मेन्द्र बास्तोलासहितका नेतहरु एउटै मञ्चमा देखाएका हुन्।

उनीहरु माओवादी जनयुद्धमा एकै ठाउँ बसेर लडेका थिए। तर उक्त कार्यक्रममा बोलाइएका मोहन वैद्य किरण भने देखिएनन्। विभाजित रहेका शक्तिहरुलाई आइतवार सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले एउटै मञ्चमा जुटाएको हो।

अहिले प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री छन्। बाबुराम नेपाल समाजवादीका अध्यक्ष छन्। मोहन वैद्य किरण क्रान्तिकारी माओवादीका महासचिव छन्। उता विप्लव नेकपा कम्युनिस्ट पार्टीका महासचिव छन्।

प्रचण्ड नेतृत्वको माओवादी छाडेर विप्लवसँग केही वर्ष सहकार्य गरेका धर्मेन्द्र बास्तोला उक्त पार्टी छाडेर अहिले नेकपा९बहुमत० संयोजक भएका छन्।

कार्यक्रममा नेकपा माओवादीका संयोजक कर्णजित बुढाथोकी पनि सहभागी छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रममा जनयुद्ध, नेतृत्वको दायित्व र सहिद तथा वेपत्ता योद्धाको योगदानबारे अन्तरक्रिया गरिँदैछ।


प्रतिकृया दिनुहोस्