Hamro Sanchar

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २१ गते


काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएको छ ।

यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अन्ततः मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने भएको हो ।

माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राखेको छ । नेपाली कांग्रेससँग आलोपालो गर्ने सहमति नभइ प्रचण्डले भने शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

माओवादी नेता खगराज भट्ट मुख्यमन्त्रीको धौडमा छन् । गत मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचन अघि पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खगराजलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।


प्रतिकृया दिनुहोस्