Hamro Sanchar

एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १७ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । आज बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।


प्रतिकृया दिनुहोस्