Hamro Sanchar

शंकर पोखरेलको टिप्पणी : प्रचण्ड पतनोन्मुख यात्रामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १६ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पतनोन्मुख यात्रामा रहेको टिप्पणी गरेका छन् ।

मंगलबार फेसबुक स्टाटस लेख्दै पोखरेलले उग्र वामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण प्रचण्डको पतनोन्मुख यात्रा बन्दै गएको उल्लेख गरेका हुन् ।

उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा, पोखरेलले लेखेका छन् ।


प्रतिकृया दिनुहोस्