Hamro Sanchar

सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १० गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए ।


प्रतिकृया दिनुहोस्