Hamro Sanchar

२ वटा छोरासहित १ जना महिला गण्डक नहरमा बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ९ गते


बुटवल । नवलपरासीको गण्डक नहरमा बगेर एक महिला आफ्ना दुई छोरासहित वेपत्ता भएकी छन् । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

प्रतिमाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । उनले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी भइरहेको डिएसपी पाण्डेले बताए ।


प्रतिकृया दिनुहोस्