काठमाडौं । ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भण्डारीलाई उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिने बताएका हुन् ।
भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको उनले बताएका हुन् । उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको पनि बताएका छन् ।