Hamro Sanchar

चार जना सहायक कम्प्युटर अपरेटर पदका लागि १४८ जनाको आवेदन, किन भयो परिक्षा केन्द्र परिवर्तन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १ गते


काठमाडौं, फागुन १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवारहरुको सिप परिक्षण र अन्तर्वार्ताका लागि परिक्षा केन्द्र परिवर्तन गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै परिक्षा केन्द्र परिवर्तन गरिएको जनाएको हो ।

यसअधि काठमाडौंस्थित मिनिल्याण्ड अग्रेजी माध्यमिक विद्यालयमा परिक्षा केन्द्र तोकेको थियो । तर प्राविधिक कारण कान्ति भैरव माध्यामिक विद्यालय थलीमा गरिने नगरपालिकाले जनाएको छ ।

आजदेखि सुरु भएको सिप परिक्षण र अन्तर्वार्ता भोलि सम्पन्न हुने पदपूर्ति समितिका सदस्य सचिव माधव खतिवडाले हाम्रोसंचारलाई जानकारी दिए ।

चार जना मात्र चाहिने सहायक कम्प्युटर अपरेटर पदका लागि १४८ जनाको आवेदन परेको छ ।

 

 

 


प्रतिकृया दिनुहोस्