Hamro Sanchar

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाली नागरिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १९ गते


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले  बताए ।

पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनी फ्लाई दुबईको एफ-२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको थाहा भएको छ ।


प्रतिकृया दिनुहोस्