Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १८ गते


काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो। नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ। अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ।


प्रतिकृया दिनुहोस्