Hamro Sanchar

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय : यस्तो छ कार्यविभाजन (सूचीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ३ गते


Advertisement

काठमाडौँ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको मंगलबार नै पद तथा गोपनीयताको शपथ भइसकेको छ । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् ।

सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् । । यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा अझै २ मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।

 


प्रतिकृया दिनुहोस्