Skip

Hamro Sanchar

विमान दुर्घटनामा मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ३ गते


काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो ।

७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ।


प्रतिकृया दिनुहोस्