Hamro Sanchar

राजेन्द्र लिङ्देन बने उपप्रधान तथा उर्जामन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका हुन् ।

यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानन्त्री भएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।

उनीहरुले ११ पुसमै सपथ लिएका थिए ।


प्रतिकृया दिनुहोस्