Hamro Sanchar

विमान दुर्घटना : पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १ गते


Advertisement

पोखरा । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल०मा सनाखत गर्न थालिएको छ । विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्‍याएको छ । आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ । परिवारका सदस्य र आफन्तको शोकमा धेरै जना ब्याकुल देखिन्छन् । शवको सनाखत गरेका आफन्तहरु झनै शोकमा छन् ।


प्रतिकृया दिनुहोस्