Hamro Sanchar

विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न एमाले अध्यक्ष ओलीको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

यो खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’


प्रतिकृया दिनुहोस्