Skip

Hamro Sanchar

हाम्रो मुख्य मुद्दा राजबन्दी रिहाइ हो, सरकारमा जान कुनै हतारो छैन : रन्जिता श्रेष्ठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ३० गते


कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताएकी हुन् ।

‘नागरिक उन्मुक्ति पार्टी को प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाइ हो’ उनले लेखेकी छन् , ‘हामी अनि हाम्रो माननीयज्यू हरू लाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन।’ उनले बन्दीहरू रिहा नहुँदा सम्म सङ्घ र प्रदेश दुबैमा सरकारमा नजाने स्पष्ट पारेकी हुन् ।

‘जब सम्म हाम्रो निर्दोष राजबन्दीहरू नि सर्त रिहाइ हुँदैनन् नागरिक उन्मुक्ति पार्टी न सङ्घ मा न प्रदेश मा कहीँ कतै सरकार मा सामेल हुँदैनन्’ उनले स्पष्ट पारेकी छन् ।


प्रतिकृया दिनुहोस्