Hamro Sanchar

टिकापुर घटना बन्द कोठामा घटाइएको थिएन : नाउपा अध्यक्ष श्रेष्ठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २५ गते


Advertisement

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताएकी छन् । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाइन्।

चौधरीले भनिन्,‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन । माननीय रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो । यो राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो । हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ । ’

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिन्। टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसद्मा लडिरहने बताए । उनले शीर्ष राजनीतिक दलका नेताहरुले समेत रेशम चौधरी निर्दोष भनिसकेको स्मरण गराइन्। उनले रेशम चौधरीको रिहाइका लागि माग गरिन्।


प्रतिकृया दिनुहोस्