काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा प्रतिनिधित्व गरेका नयाँ दलहरूसँग आवेग मात्र नभई अग्रजप्रति सम्मानसमेत रहेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलप्रति लक्षित गर्दै आवेग रहेको बताएका थिए।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डका उक्त कुराप्रति सोमबार जवाफ दिँदै जनमत पार्टीका अध्यक्ष राउतले भने, प्रधानमन्त्रीज्यूले नयाँ दलप्रतिको आगमनलाई स्वागत गर्नुभयो र भन्नुभयो कि उहाँसँग आवेग पनि छ। हामीसँग आवेग मात्र होइन, हाम्रा अग्रजप्रति सम्मान पनि छ भन्ने कुरामा ढुक्क रहन उहाँलाई आश्वस्त पार्न चाहन्छु। उनले आफूहरूभित्र देखिएको आवेग जनताको परिवर्तनको रहेको पनि उनले बताए।
देशमा गणतन्त्र स्थापनाका लागि अग्रजले खेलेका भूमिकाको उनले प्रशंसा गरेका थिए।