Skip

Hamro Sanchar

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीलाई उद्धार गर्न सरकारले थाल्यो पहल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २५ गते


काठमाडौं । मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरूलाई उद्धार गर्न सरकारले पहल थालेको छ। मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो।

रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरू ८ दिनदेखि बन्धक छन्। प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयले मलेसियामा रहेका नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


प्रतिकृया दिनुहोस्