काठमाडौं । इन्डोनेसियामा सम्पन्न भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम डीआरएस उपविजेता बनेको छ । डीआरएस च्याम्पियनसिपको फाइनल चरणमा टर्कीको एसटूजीसँग पराजित भएपछि दोस्रो भएको हो ।
फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्दा नेपाली टिम डीआरएसले १५८ अंकमात्र जोड्न सफल भयो । च्याम्पियनसिपमा उपविजेता बनेको डीआरएसले दुई लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । च्याम्पियनसिपमा सहभागी हुन नेपालबाट दुई टिम इन्डोनेसिया गएका थिए ।
डीआरएससँगै इन्डोनेसिया गएको अर्को नेपाली टिम टीटूके भने च्याम्पियनसिपको १३औँ स्थानमा रह्यो । टीटूकेले पनि एक लाख ३२ हजार ५०० डलर पुरस्कार प्राप्त गर्यो ।