Hamro Sanchar

तराईमा शीतलहर अझै केही दिन कायमै रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २३ गते


काठमाडौं । आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू(भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू(भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।

आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।
शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको ५ ।

तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।


प्रतिकृया दिनुहोस्