Hamro Sanchar

मन्त्रालय फुटाउने योजना छैन : गृहमन्त्री लमिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २० गते


Advertisement

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ ।

बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘पर्सिसम्म सार्वजनिक हुनसक्छ ।’उनका अनुसार यो अनौपचारिक बैठक हो, जसमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन ।’


प्रतिकृया दिनुहोस्