Skip

Hamro Sanchar

इन्टरनेट सेवा जुनसुकै बेला पनि अवरुद्ध हुन सक्ने चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १८ गते


काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्। इन्टरनेट सेवा प्रदायकहरूको संस्था ९आइस्पान०ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो।

प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आइस्पानको आरोप छ।

पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए। उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सय देखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उलंघन भएको उल्लेख गरेका छन्।


प्रतिकृया दिनुहोस्