Hamro Sanchar

सेयर बजार परिसूचक नेप्से आज १७ अंक बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १८ गते


Advertisement

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १७.८३ अंकले बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १७८३ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने आइतबार (हिजो)को तुलनामा घटेको छ । आइतबार (हिजो) ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज २ अर्ब ९६ करोडमा खुम्चियो ।

कारोबार रकम घट्नुले बढेको मूल्यमा खरिद गर्न धेरै लगानीकर्ता अनिच्छुक रहेको र कम मूल्यमा बेच्नेहरु पनि नरहेको जनाउँछ । कुल १६५ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो भने ७ को स्थिर रहृयो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

धौलागिरि, सिर्जनशील, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ९ प्रतिशत बढ्यो । नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नेपाल टेलिकम र युनिभर्सल पावर कम्पनी क्रमशः अगाडि रहे ।

उपसमूहगत रुपमा हेर्दा बैंकिङ १३, विकास बैंक ६२, फाइनान्स २१, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा ५४, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा २५८ र ब्यापार ६८ अंक बढे । उत्पादन ३७ र अन्य उपसमूह भने २३ अंक घटे ।


प्रतिकृया दिनुहोस्