Hamro Sanchar

मजदुरीका लागि भारत पुगेका कैलालीका एकै परिवारका ३ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १८ गते


कैलाली । मजदुरीका लागि भारत पुगेका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसास्सिएर मृत्यु भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडाध्यक्ष डबलबहादुर दियाकोटीले बताए । भारतको उत्तर प्रदेशको मेरठमा रोजगारी गर्दै आएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

कोठामा कोइला बालेर सुतिरहेको अवस्थामा चन्द्रभान (चन्ने) भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षिया छोरीको मृत्यु भएको वडाध्यक्ष दियाकोटीले बताए । बन्द कोठामा कोइला बालेर सुतेका उनीहरूको निसास्सिएर मृत्यु भएको बताइएको छ । घरमा उनका साना एक छोरा र छोरी पनि छन् ।


प्रतिकृया दिनुहोस्