Skip

Hamro Sanchar

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको योजनाविरुद्ध प्रदर्शन

उपमेयरलाई ज्ञापनपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १८ गते


काठमाडौं । खुल्लामञ्चमा ३ तहको भूमिगत पार्किङ निर्माणका लागि काठमाडौं महानगरले डीपीआर गराउने तयारी गरेपछि अकुपाई टुँडिखेलले सोमबार महानगर पालिकाको कार्यालय घेराउ गरेको छ । अकुपाई टुँडिखेलको टोलीले सोमबार शान्तिपूर्ण रुपमा महानगरको कार्यालय घेराउ गर्दै भूमिगत पार्किङ निर्माण नगर्न दबाब दिएको छ ।

महानगरपालिकाले खुला मञ्चमा पूर्वसावधानीको सिद्धान्‍तको प्रयोग गर्न खोज्नु र डीपीआर बनाउने प्रक्रिया सुरु गर्नु नै गलत भएको उल्लेख गर्दै अभियानले सर्वजनिक जग्गामा निषेधात्मक सिद्धान्तको तथा सार्वजनिक न्यायको सिद्धान्त अनुरुप न्यासीको हैसियतले संरक्षण गर्न आग्रह गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताएका छन् ।

जनता र विज्ञहरूको रायलाई हलुका रुपमा लिए चरणबद्ध रूपमा अभियान सञ्चालन गर्न समेत आफूहरु बाध्य हुने बताउँदै डीपीआरको कार्य तत्काल रोक्न अनुरोध गरेको छ । टोलीले महानगरका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र दिन खोजेपनि उनले नमानेपछि उपमेयर सुनिता डंगोललाई बुझाएर फर्किएको छ ।


प्रतिकृया दिनुहोस्