Hamro Sanchar

जापानकाे टोकियोमा १ जना नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १७ गते


धनकुटा । घनकुटा घर भई हाल जापान टोकियोको ईकेबुकोरोमा बस्ने अनिश कटुवालको मृत्यु भएको छ। उनी जापानिज भाषा विद्यालयमा अध्यनरत थिए। उनी एक वर्षदेखि जापानमा बस्दै आएका थिए।

कटुवाल तीन जना साथीसँग बस्थे। साथीहरू दिउँसो काम सकेर साँझ नयाँ वर्ष मनाउन गएको र उनीहरू कोठा आइपुग्दजा कटुवाल बाथरुममा मृत भेटिएका थिए। कटुवालको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टम गर्न अस्पताल लगिएको छ।

पोष्टमार्टमपछि मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ। टोकियो स्थित दूतबासले पनि एक नेपालीको मृत्यु भएको खबर आए पनि कारण नखुलेको जनाएको छ।


प्रतिकृया दिनुहोस्